गैंडहवा न्युज
लुम्बिनी प्रदेशमा अग्रगामी मोर्चा, लुम्बिनी प्रदेश समन्वय समितिद्वारा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।
जनता समाजवादी पार्टी, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ।
त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सी.के. राउत, जनार्दन शर्मा तथा प्रभु साहको उपस्थिति रहेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूबीच संगठनात्मक सुदृढीकरण, राजनीतिक वैचारिक स्पष्टता र आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल तथा अभिमुखीकरण गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका साझा प्रतिबद्धतालाई आत्मसात् गर्दै राजनीतिक तथा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।
अग्रगामी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम सुरु

