रूपन्देहीमा महिलाको शंकास्पद मृत्यु: निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइयो

गैंडहवा न्युज
मर्चवार, १६ कात्तिक। रूपन्देहीको कोटहीमाई गाउँपालिका–७ स्थित कटफोरवा नालानजिक धान खेतमा महिलाको शंकास्पद अवस्थामा शव फेला परेको घटनालाई लिएर निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सम्बोधन गरी सोमबार उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो।
गत कात्तिक १२ गते बिहीबार कोटहीमाई गाउँपालिका–५, सानो मझगावाँकी स्थानीय बासिन्दा जुबैदा खातुनको शव गाउँपालिका वडा नं. ४ र ७ को बीचमा पर्ने कटफोरवा नालानजिक धान खेतमा फेला परेको थियो।
उक्त दुःखद तथा संवेदनशील घटनाले स्थानीयवासीलाई स्तब्ध र चिन्तित बनाएको जनाउँदै ध्यानाकर्षण पत्रमा घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र प्रभावकारी छानबिन गर्न माग गरिएको छ।
पत्रमार्फत घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार र प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराइएको छ।
ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई समेत पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *