गैंडहवा न्युज
गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिका–५, सिंहवा गाउँमा धान थ्रेसरबाट निस्किएको पराल तथा अवशेष विद्युत् संरचनामा फालेको पाइएको छ।
ट्र्याक्टर नं. लु ४ त ६०१४ बाट धान थ्रेसर गर्ने क्रममा विद्युत् संरचनामा अवशेष फालिएको पाइएको हो। यसरी लापरबाहीपूर्वक पराल तथा अन्य अवशेष फाल्दा विद्युत् लाइन अवरुद्ध हुनुका साथै आगलागीसमेत हुन सक्ने जोखिम रहेको छ।
सम्बन्धित निकायले यस्ता गतिविधि नगर्न तथा नगराउन सबै कृषक, ट्र्याक्टर चालक र थ्रेसर सञ्चालकलाई आग्रह गरेको छ।
विद्युत् संरचनाको सुरक्षा र सम्भावित दुर्घटना रोक्न सबैले जिम्मेवार व्यवहार अपनाउन आवश्यक छ।
विद्युत् संरचनामा धान थ्रेसर फाल्दा जोखिमविद्युत् संरचनामा धान थ्रेसर फाल्दा विद्युत् अवरुद्ध र आगलागीको जोखिम

