कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण

गैंडहवा न्युज
लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनज्यूको पहलमा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ।
विद्यार्थीहरूको शैक्षिक उपलब्धिको सम्मान तथा थप प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरूको विवरण यसप्रकार रहेको छ । प्रथम स्थान: कर्महवा माध्यमिक विद्यालय — ल्यापटप पुरस्कार द्वितीय स्थान: खुदाबगर माध्यमिक विद्यालय
तेस्रो स्थान: कर्महवा माध्यमिक विद्यालय — साइकल पुरस्कार उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरू तथा सम्बन्धित विद्यालय परिवारलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरिएको छ।
विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले निरन्तरता पाउँदै अन्य विद्यालयहरूलाई समेत शैक्षिक प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *