गैंडहवा न्युज
लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ को आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
कात्तिक १७ गते आयोजित उक्त शिविर लुम्बिनी साथी सञ्जालको समन्वय तथा बुटवल लायन्स आँखा अस्पताल र सुनगाभा सामुदायिक विकास केन्द्र, कञ्चन–४, रुद्रपुरको सहयोगमा सम्पन्न भएको हो।
शिविरमार्फत स्थानीय नागरिकलाई निःशुल्क आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।
स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले आँखासम्बन्धी समस्या पहिचान तथा उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य सेवामूलक यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिइएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ मा निःशुल्क आँखा शिविर सम्पन्न

