गैंडहवा न्युज
रुपन्देहीको गैडहवा गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाउन दुई वटा मन्दिरलाई एम्लीफायर माइक सेट हस्तान्तरण गरेको छ।
गाउँपालिकाद्वारा श्री शिव मन्दिर, गैडहवा–४, पोहवा र श्री दुर्गा मन्दिर, गैडहवा–७, बर्गदहियाका समितिका पदाधिकारीलाई पूजा तथा भजनकीर्तन प्रयोजनका लागि एक–एक सेट एम्लीफायर माइक हस्तान्तरण गरिएको हो।
मन्दिरमा हुने नियमित पूजा, भजनकीर्तन तथा धार्मिक कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।
गैडहवा गाउँपालिकाद्वारा दुई मन्दिरलाई एम्लीफायर माइक हस्तान्तरण

