शक्तिशाली राजनीतिक अनुहारहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने निडर प्रहरी अधिकारी डा. मनोज केसी अब नेपाल प्रहरीको ३४औँ महानिरीक्षक (आईजीपी) बनेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी तथा बेचन झासम्मलाई पक्राउ गर्ने प्रक्रियामा उनको टोलीले महत्वपूर्ण भूमिका खेलेको थियो।
राजनीतिक दबाब र पटक–पटकको सरुवाका बाबजुद अनुसन्धानमा दृढ रहन सक्ने अधिकारीका रूपमा परिचित केसी चार भाषा बोल्न सक्ने र द्वन्द्व रूपान्तरणमा विद्यावारिधि (PhD) गरेका उच्च प्राज्ञिक व्यक्तित्वसमेत हुन्।
निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै सरकारले केसीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पिएको छ।
अब जनताको अपेक्षा एउटै छ—कानुन सबैका लागि समान होस्, अपराधीले राजनीतिक संरक्षण नपाऊन् र प्रहरी संगठन जनताको भरोसाको केन्द्र बनोस्।
निडर, निष्पक्ष र व्यावसायिक प्रहरी नेतृत्वको अपेक्षासहित नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ ।
निडर प्रहरी अधिकारी डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ आईजीपी

