गैंडहवा, रुपन्देही ।
कार्तिक १८ गते श्री जन जागृती माध्यमिक विद्यालय, गैंडहवा गाउँपालिका–३, गोबडौरी, रुपन्देहीमा गोर्खा वेलफेयर ट्रस्ट नेपाल, बुटवलद्वारा ४२ सेट फाइबर डेस्क–बेन्च सहयोगस्वरूप प्रदान गरिएको छ। उक्त सहयोग हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।
विद्यालयका विद्यार्थीहरूलाई सहज, व्यवस्थित र सुविधायुक्त वातावरणमा पठनपाठन गर्न बस्ने व्यवस्था मिलाउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पारसनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खा वेलफेयर ट्रस्ट नेपालका प्रमुख, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री विजयकुमार यादव, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र प्रभावकारी बनाउन पुर्याइएको यस अमूल्य योगदानप्रति विद्यालय परिवारले गोर्खा वेलफेयर ट्रस्ट नेपाल, बुटवललाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
जन जागृती माध्यमिक विद्यालयलाई ४२ सेट फाइबर डेस्क–बेन्च सहयोग

