कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न

गैंडहवा न्युज, लुम्बिनी ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ मा कृषकहरूलाई कृषि कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कात्तिक १९ गते सम्पन्न उक्त कार्यक्रममा वडाअन्तर्गतका कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको हो।
कृषि सामग्री प्राप्त गरेपछि कृषकहरूलाई खेतीपाती गर्न सहज हुने तथा कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि हुने विश्वास लिइएको छ।
कृषकको जीवनस्तर सुधार, कृषि क्षेत्रको विकास तथा स्थानीय स्तरमा आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले कृषि क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
कृषकको समृद्धि, कृषिको विकास र आत्मनिर्भर समाज निर्माण हाम्रो प्रतिबद्धता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *