श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको हार्दिक शुभकामना

गैंडहवा न्युज, लुम्बिनी।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको पावन अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी नगर प्रमुख कल्पना हरिजनले आयोजक समिति, श्रद्धालु भक्तजन तथा सम्पूर्ण धर्मप्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन्।
नगर प्रमुख हरिजनले श्रीमद्भागवत महापुराण केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सत्य, धर्म, प्रेम, सद्भाव, सेवा, भक्ति र सत्कर्मको मार्गमा अग्रसर गराउने महान् आध्यात्मिक ग्रन्थ भएको उल्लेख गरेकी छन्।
यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूले समाजमा धार्मिक आस्था, नैतिकता, सामाजिक एकता, आपसी सद्भाव र संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले यस पवित्र ज्ञान महायज्ञबाट प्राप्त आध्यात्मिक ज्ञान र सकारात्मक सन्देशले सम्पूर्ण मानव समाजमा शान्ति, प्रेम, करुणा र सद्भाव फैलाउन प्रेरणा प्रदान गर्ने कामना गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *