बुटवलको यातायात कार्यालय मै बिचौलियाहरु: दुई जना पक्राउ

दीपक जैसवाल/ लुम्बिनी ,रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलिया कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सेवाग्राहीहरूलाई ट्रायल छिटो गराइदिने र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा दिलाइदिने प्रलोभन देखाई बढी शुल्क असुल्ने कार्य भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा पर्नेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका २५ वर्षीय सरोज खनाल र गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थायी घर भई हाल बुटवल–१३ बेलबास बस्दै आएकी ३७ वर्षीया कुसुम मरासिनी रहेका छन ।

उनीहरूले सेवाग्राहीबाट अतिरिक्त रकम असुल गरी रसिदसमेत कटाउने गरी बिचौलियाको रूपमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *