राममणि क्याम्पसमा प्राध्यापकद्वारा लघु अनुसन्धान प्रस्तुतिकरण

गैंडहवा न्युज
लुम्बिनी ,वैशाख २८
रूपन्देहीको राममणि बहुमुखी क्याम्पस मा प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आयोजित कार्यक्रममा ४ जना प्राध्यापकहरूले आफूले सम्पन्न गरेका अनुसन्धान कार्यको प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरण गर्नेहरूमा उपप्राध्यापक तारा प्रसाद पराजुली, माया घिमिरे, कृष्णकुमार रेग्मी तथा मुक्तिनाथ गैह्रे रहनुभएको थियो ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित अन्य प्राध्यापकहरूले अनुसन्धानसम्बन्धी जिज्ञासा राख्नुका साथै सुझाव समेत दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले कक्षाकोठा शिक्षण, क्याम्पसका प्राज्ञिक गतिविधि, सामाजिक विकास तथा प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धिका लागि क्याम्पसले निरन्तर अनुसन्धानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यसैगरी, अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले क्याम्पसको गुणस्तर त्यहाँ कार्यरत प्राध्यापकहरूको अनुसन्धानात्मक प्रगतिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सबै प्राध्यापकलाई अनुसन्धानमा सक्रिय बनाउन विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *