दाउन्नेमा यात्रुवाहक बस दुर्घटना: ६ को मृत्यु, १० जना घाइते

गैंडहवा न्युज
नवलपुर,असोज १७ गते /नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ , भने १० जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले घटनाको पुष्टि गर्दै मृतकहरूको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *