जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा पुनः राम अवतार यादव

गैंडहवा न्युज
लुम्बिनी, असोज १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच लुम्बिनी प्रदेश समितिको पार्टी समायोजन सम्पन्न भएको छ। समायोजनपछि जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका राम अवतार यादव पुनः चयन हुनुभएको छ।
कपिलवस्तुमा आइतबार सम्पन्न समायोजन कार्यक्रममा यादवको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
नयाँ कार्यसमितिको प्रदेश उपाध्यक्षमा पश्चिम नवलपरासीका नगेन्द्र अग्रहरी, रुपन्देहीकी सुशीला यादव, बाँकेका बाबु खाँ पठान, अरविन्द शर्मा, पश्चिम नवलपरासीका चन्द्रधामा हरिजन तथा कपिलवस्तुका शिवपुजन यादव चयन हुनुभएको छ।
त्यस्तै, मुख्य सचिवमा दाङका शिवकुमार चौधरी चयन हुनुभएको छ। सचिवमा रुपन्देहीका मोहम्मद अली फकिर, पश्चिम नवलपरासीका सुनिल पटवा, रुपन्देहीका इनामूल्ला फकिर, पश्चिम नवलपरासीकी निरु गैरे, बर्दियाकी सुमित्रा थारु र कपिलवस्तुका रामरेखा यादव चयन हुनुभएको छ।
कोषाध्यक्षमा रुपन्देहीका नसिम अख्तर चयन हुनुभएको छ।
जसपा नेपाल र लोसपाबीचको पार्टी समायोजनपछि लुम्बिनी प्रदेशमा संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले नयाँ प्रदेश कार्यसमिति गठन गरिएको पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *