गैंडहवा न्युज
गैडहवा, रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका–६, सूर्यपुरास्थित इलाका प्रहरी कार्यालय सूर्यपुराको परिसरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
२०८३ असोज २७ गते इलाका प्रहरी कार्यालय सूर्यपुराको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रमुख प्रहरी निरीक्षक पुष्कर कार्की, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूहका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।
नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र प्रहरी सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्ता कार्यक्रमले नागरिकका गुनासा, सुझाव तथा अपेक्षालाई सम्बोधन गर्दै प्रहरी सेवालाई थप जनमुखी, पारदर्शी र उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नागरिक र प्रहरीबीच सहकार्य, शान्ति सुरक्षा कायम गर्ने आधार।
गैडहवा–६ सूर्यपुरामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

