गैंडहवा न्युज
लुम्बिनी, । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन तथा युवा नेता एवं समाजसेवी जनताको घरदैलोमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानमा जुटेका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका–११, मसिनामा स्थानीयवासीसँग आत्मीय भेटघाट गर्दै आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले शुभकामना आदानप्रदान गरिएको हो।
कार्यक्रमले जनप्रतिनिधि र स्थानीयवासीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै स्थानीय समुदायमा आपसी सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
जनताको घरदैलोमा पुगेर शुभकामना आदानप्रदान गर्दै कार्यवाहक मेयर कल्पना हरिजन

