गैंडहवा न्युज | लुम्बिनी
लुम्बिनी विकास कोषका पदाधिकारी नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै आएको लुम्बिनी बचाउ महाअभियानले सोमबार लुम्बिनीस्थित पर्सा चोकमा पर्यटनमन्त्रीको पुत्ला दहन गरेको छ।
महाअभियानमा आबद्ध व्यक्तिहरूले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिप्रति असन्तुष्टि जनाउँदै तत्काल नियुक्ति सच्याउन माग गरेका छन्। उनीहरूले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै पदाधिकारी नियुक्तिमा स्थानीय जनभावना र सरोकारलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
महाअभियानले उपाध्यक्ष नियुक्तिको निर्णय नसच्याइए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।
लुम्बिनी विकास कोषको पदाधिकारी नियुक्तिलाई लिएर पछिल्लो समय असन्तुष्टि बढ्दै गएको छ। यस विषयमा सम्बन्धित निकायले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ।
लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध पर्यटनमन्त्रीको पुत्ला दहन

