गैंडहवा–३ मा स्यालको आक्रमणबाट दुई जना गम्भीर घाइते

गैंडहवा न्युज
गैंडहवा, रुपन्देहीको गैंडहवा गाउँपालिका–३, अहिरन्डिहवामा स्यालको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्।
स्थानीयका अनुसार अहिरन्डिहवा निवासी ३५ वर्षीया सतिक खतुन मुसलमान र ६० वर्षीय तुलसीराम यादवलाई फरक–फरक समयमा करिब बेलुका ७ः४० बजेतिर स्यालले आक्रमण गरी गम्भीर घाइते बनाएको हो।
घाइते दुवै जनालाई उपचारका लागि भैरहवा मेडिकल अस्पताल लगिएको पोहवा प्रहरी चौकीका इन्चार्जले जानकारी दिएका छन्।
घटनापछि स्थानीयवासी त्रसित भएका छन्। गाउँ आसपासमा स्यालको गतिविधि देखिन थालेपछि स्थानीयले सावधानी अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *