बजरङ्गी चौधरीद्वारा नेकपा एमालेका सबै जिम्मेवारीबाट राजीनामा

बजरङ्गी प्रसाद चौधरी ले नेकपा एमालेसँग सम्बन्धित आफ्ना सबै पद तथा जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले देशको वर्तमान राजनीतिक अवस्था, परिवर्तित परिस्थिति र युवापुस्ताले उठाएको परिवर्तनको आवाजलाई आत्मसात गर्दै यस्तो निर्णय लिएको बताएका छन्।चौधरी जिल्ला सचिवालय सदस्य, कपिलवस्तु क्षेत्र नं. १ का निर्वाचन सह–संयोजक तथा २०८२ महाधिवेशन प्रतिनिधि रहेका थिए।

उनले यी सबै जिम्मेवारीबाट अलग भएको स्पष्ट पारेका छन्।उनको यो निर्णयलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषगरी मायादेवी गाउँपालिका क्षेत्रमा यसले नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरेको चर्चा सुरु भएको छ।

अब प्रमुख चासोको विषय बनेको छ—चौधरीको आगामी राजनीतिक यात्रा कुन दिशातर्फ मोडिनेछ? उनी स्वतन्त्र रूपमा अघि बढ्नेछन् कि कुनै नयाँ राजनीतिक शक्ति वा विकल्प रोज्नेछन्? यसबारे औपचारिक धारणा आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *