गैंडहवा न्युज | रुपन्देही
गैंडहवा गाउँपालिका वडा नं. ९ को कार्यालयमा राखिएको सुझाव पेटिकाभित्र मृत अवस्थामा छिप्कली भेटिएको छ।
नागरिकका गुनासा, समस्या तथा सुझाव संकलन गर्ने उद्देश्यले राखिएको सुझाव पेटिकाको मुख्य द्वारमै मृत छिप्कली देखिनुले उक्त पेटिकाको नियमित अनुगमन तथा सरसफाइ भइरहेको छ कि छैन भन्ने प्रश्न खडा गरेको छ।
जनताका गुनासा र सुझाव सुन्ने माध्यमका रूपमा राखिएको पेटिकाको यस्तो अवस्थाले वडा कार्यालयको जिम्मेवारी र नागरिकको सचेतनाप्रति समेत प्रश्न उठाएको छ।
आखिर गल्ती कसको?
जनताका सुझाव नियमित रूपमा संकलन नगर्ने जिम्मेवार जनप्रतिनिधि तथा वडा कार्यालयको कि आफ्नो अधिकार प्रयोग गर्दै सुझाव र गुनासा राख्न चासो नदेखाउने नागरिकको?
कि यो सबैको दोष एउटा निरीह छिप्कलीको?
सुझाव पेटिका राख्नु मात्रै पर्याप्त हुँदैन, त्यसमा आएका सुझाव सुन्ने, पढ्ने र कार्यान्वयन गर्ने जिम्मेवारी पनि सम्बन्धित निकायको हो।
जनताको आवाज सुन्ने पेटिका आफैँ बेवास्ताको सिकार हुनु दुःखद विषय हो।
सुझाव पेटिकामा मृत छिप्कली भेटियो!

