सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने

गैंडहवा न्युज
काठमाण्डाै, साउन २गते /सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्तिभरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ ।

निवृत्तिभरण वा उपदान नपाउने तर अहिले करारमा कार्यरत रहेका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिनेछ । यसको एकीकृत विवरण सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न पनि पाउने छैनन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *