गैंडहवा न्युज
लुम्बिनी /डोटी, साउन १७ गते
मनको बस्ती प्रेमले सधैं, सिँगारिनु पर्दछ,
विश्वासको फूल मनभित्र, मुस्काइरहनु पर्दछ ।
रानी बन्ने चाहनामा, अहंकार नपाल्नु,
मायाको डोरी सुमधुर राखी, मन जितिरहनु पर्दछ ।
अधिकारको नाम सुनाएर, दूरी नबढाऊ,
आफ्नैपनको मीठो बोलीले, सम्बन्ध सजाऊ ।
स्वार्थको आँधी चले पनि, प्रेम नटुटोस्,
सत्य र समर्पणको दीप, सधैंभरि बलिरहोस् ।
मुटु चोर्ने अपराध यदि, प्रेमकै भाषामा हो,
त्यो सजाय पनि स्वीकार्य, आत्मीय आशामा हो ।
दुई मन एक भई बाँचे, जीवन सुन्दर बन्छ,
विश्वासको अमृतले मात्र, प्रेम अमर रहन्छ ।

