गैंडहवा न्युज | रुपन्देही, कात्तिक ९
रुपन्देहीको गैडहवा गाउँपालिका–३, केउटलियाबाट हराएका बोल्न र सुन्न नसक्ने करिब १० देखि १२ वर्ष उमेरका बालकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।
प्रहरीका अनुसार मिति २०८३ कात्तिक ८ गते राति करिब ९:३० बजे ती बालक फेला परेका थिए। आफ्नो नाम ‘तल्हा अतिक शेष’ मात्र लेख्न सक्ने अवस्थामा रहेका बालकलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालय लुम्बिनीमा सुरक्षित राखेको थियो।
बालकको पहिचान खुलेपछि कात्तिक ९ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–११, ठूलो धुपही निवासी उनका हजुरबुवा आविद अलि शेषको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
रुपन्देहीमा हराएका बोल्न र सुन्न नसक्ने बालकको परिवारसँग पुनर्मिलन

