प्याब्सन मायादेवीद्वारा बाढीपीडितका लागि २ लाख ७५ हजार सहयोग

गैंडहवा न्युज
लुम्बिनी , भदौ २३ गते /भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवीले २ लाख ७५ हजार ५८ रुपैयाँ सहयोग गरेको छ ।

प्याब्सन मायादेवीअन्तर्गतका विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको रकम जिल्ला प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले जानकारी दिनुभयो ।

बाढी प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले मायादेवी क्षेत्रका विभिन्न विद्यालयबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो । संकलित रकममध्ये फ्युचर लाइट हाइ स्कुलबाट ६० हजार ५ सय रुपैयाँ, एभरेस्ट मोर्डन इङ्लिस स्कुलबाट ३२ हजार ५ सय ५५ रुपैयाँ, एभरग्रीन प्यासिफिक इङ्लिस हाइ स्कुलबाट २६ हजार १ सय ५१ रुपैयाँ र सरस्वती शिशु सदन रुपन्देहीबाट २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, सिद्धार्थ मोर्डन इङ्लिस बोर्डिङ स्कुलले २१ हजार ५ सय रुपैयाँ, सरस्वती देवी इङ्लिस बोर्डिङ स्कुलले २१ हजार १ सय ११ रुपैयाँ, कालिका पब्लिक हाइ स्कुलले १५ हजार ५ सय ५५ रुपैयाँ, सनग्रास इङ्लिस बोर्डिङ स्कुलले १५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।

मोडेल सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट १२ हजार ५ सय रुपैयाँ, प्रवेश एकेडेमीबाट ११ हजार १ सय ५५ रुपैयाँ, प्रकटेश्वर स्कुलबाट ११ हजार १ सय १० रुपैयाँ, बुद्धभूमि इङ्लिस बोर्डिङ स्कुलबाट ११ हजार १ सय ११ रुपैयाँ र जेएसआर एकेडेमीबाट ११ हजार १ सय ५५ रुपैयाँ संकलन भएको प्याब्सन मायादेवीले जनाएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटाउने क्रम जारी छ। प्याब्सन मायादेवीले पनि शैक्षिक संस्थासँग जोडिएका विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारलाई राहत अभियानमा सहभागी गराउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *