कपिलबस्तु जिल्ला – क्षेत्र नं. १ मा राजनीतिक गतिविधि तिव्र बन्दै गएको छ। यसैक्रममा उम्मेदवार आशिष शर्माले सञ्चालन गरेको घरदैलो अभियानले उल्लेखनीय जनसमर्थन प्राप्त गरेको बताइएको छ।

स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। घरदैलो कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको अभियान टोलीले जनाएको छ।
स्थानीय बासिन्दाहरूले विकास निर्माण, सडक स्तरोन्नति, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनाका विषयमा चासो व्यक्त गरेका छन्।
शर्माले निर्वाचित भएमा पारदर्शी र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार प्रत्यक्ष भेटघाट र घरदैलो अभियानले मतदातासँग सम्बन्ध मजबुत बनाउने भएकाले क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ।

