लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेज गन्तव्यमा विकास गर्नजोड गर्दै

गैंडहवा न्युज
लुम्बिनी /आध्यात्मिक पर्यटनसँगै चरा अवलोकन, प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदालाई जोडेर लुम्बिनीको पर्यटन विस्तार गर्नुपर्नेमा जोड दिइएको बताए ।

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेजको गन्तब्यका रुपमा विकास गर्न सकिने सरोकारवालाले औंल्याएका छन् । राष्ट्रिय संरक्षण विकास केन्द्र र गैडहवा गाउँपालिकाद्वारा लुम्बिनीमा आयोजित प्रकृतिमा आधारित पर्यटनमार्फत चरा अवलोकन र सांस्कृतिक सम्पदाको पर्यटन प्रबर्द्धन विषयक कार्यशालाका सहभागीले लुम्बिनीलाई अध्यात्मिकसँगै सांस्कृतिक र प्राकृतिक पर्यटनलाई पनि केन्द्रीत गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय संरक्षण विकास केन्द्रका प्रमुख तथा इकोलोजिस्ट डा. सिद्धार्थबज्र बज्राचार्यले लुम्बिनी क्षेत्रमा पर्यटकलाई शान्ति पर्यटनसँगै हरियाली वातावरणमा नेचर टुरिजमको विकास गरेर प्रशस्त फाइदा लिन सकिने सम्भावना भएकाले अब त्यसतर्फ लाग्नु पर्ने बताए ।

पर्यटनविद् सुमित बरालले लुम्बिनी विश्वकै आस्था र धरोहर भएकाले पर्यटकीय बजार बढाउन अपनाउनु पर्ने उपाय बारे बताएका थिए । नेपालीले नेपालमा गएर खर्च गर्ने भन्दा विदेशीले नेपालमा गर्ने खर्चको महत्व बढी भएकाले यसतर्फ लाग्नु पर्ने उनले बताए । पर्यटनविद् डा. अनु लामाले नवीकरणीय ऊर्जाको प्रयोग गरेर लुम्बिनीमा पर्यटनको ढोका खोल्न सकिने बताइन् ।
गैंडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनी वरिपरीका स्थानीय तहले समन्वय गरेर लुम्बिनी केन्द्रीत नेचर, चरा, वन वातावरणसँग सम्बन्धित पर्यटन विकासका कार्यक्रम बनाएर अघि बढे रोजगारी र आयआर्जनका प्रशस्त अवसर सृजना गर्न सकिने बताए । गोष्ठीमा स्थानीय जनप्रतिनिधि, पर्यटन ब्यवसायी, टुर अपरेटर, होटेलियर र स्थानीय सरोकारवाला सहभागितामा कार्यक्रम सप्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *