गैंडहवा न्युज, लुम्बिनी
लुम्बिनी प्रदेश रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनुभएका नेपाल सरकारका उपसचिव आदरणीय मोहन अर्यालज्यूलाई हार्दिक स्वागत, बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछु।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा उहाँको कार्यकाल सुखद, सफल, उपलब्धिमूलक एवं स्मरणीय रहोस् भन्ने हार्दिक कामना गर्दछु।
लुम्बिनी केवल एउटा नगरपालिका वा पर्यटकीय गन्तव्य मात्र नभई विश्व शान्ति, करुणा, मैत्री, सद्भाव र मानवताको साझा धरोहर हो। त्यसैले उहाँको कार्यकालमा बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध परिपथको पर्यटन प्रवर्द्धन, समग्र विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, प्रभावकारी प्रचार–प्रसार तथा सरोकारवाला निकाय र स्थानीय तहहरूबीचको समन्वय एवं सहकार्य अझ सुदृढ र परिणाममुखी हुने विश्वास लिएको छु।
“शिरमा सगरमाथा, हृदयमा बुद्ध” भन्ने भावनालाई आत्मसात् गर्दै लुम्बिनी तथा बुद्ध परिपथको पर्यटन प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग एवं अनुभव आदान–प्रदानका लागि अघि बढिरहेको अभियानलाई आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र संस्थागत रूपमा अगाडि बढाउन उहाँको प्रशासनिक नेतृत्व, आवश्यक मार्गनिर्देशन तथा नीतिगत र संस्थागत सहयोग महत्वपूर्ण रहने विश्वास गर्दछु।
लुम्बिनीको विकास, बुद्ध परिपथको प्रवर्द्धन तथा भगवान् बुद्धको शान्ति सन्देशलाई विश्वभर फैलाउने अभियानमा उहाँको नेतृत्वदायी भूमिका अझ प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक स्वागत, बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछु।
बुद्ध जन्मस्थल लुम्बिनीको गरिमा बढाऔँ,
बुद्ध परिपथलाई विश्वकै शान्ति तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गरौँ।
नेपालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्व शान्तिका महानायक भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, शान्तिभूमि तथा विश्व शान्तिको मुहान लुम्बिनी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले विश्वकै महत्वपूर्ण गन्तव्य हो।

