गैंडहवा न्युज
काठमाडौं, असोज १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
बाह्रौँ महाधिवेशनदेखि निरन्तर महासमिति सदस्य रहँदै आउनुभएका सत्तार कांग्रेसको जारी १५औँ महाधिवेशनमा गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।
कांग्रेसको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएका सत्तारले यसपटक मुस्लिम क्लस्टरतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
सत्तार नेपाली कांग्रेसको भगिनी संगठन नेपाल मुस्लिम संघका संस्थापक सभापतिसमेत हुनुहुन्छ।
पार्टीलाई थप सुदृढ, प्रभावकारी र समावेशी बनाउँदै वर्तमान अवस्थामा युवाले चाहेजस्तो सक्षम कांग्रेस निर्माण गर्न आफूले पदाधिकारी पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो।
अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार दिदै

