पुलिस व्याटन २०८३ मा रुपन्देही प्रहरी सर्वोत्कृष्ट, पहिलोपटक प्राप्त गर्‍यो सम्मान

गैंडहवा न्युज
रुपन्देही । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत ‘पुलिस व्याटन’ २०८३ मा जिल्ला प्रहरी कार्यालय, रुपन्देही सर्वोत्कृष्ट हुँदै पहिलो स्थान हासिल गर्न सफल भएको छ।
जिल्लामा प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता तथा व्यावसायिक दक्षतालगायतका सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो।
प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीलाई सम्मान गरेका छन्।
रुपन्देही प्रहरीले पहिलोपटक यो सम्मान प्राप्त गर्नुलाई जिल्लामा प्रहरी सेवा प्रवाह, कार्यसम्पादन र व्यावसायिक दक्षतामा हासिल गरेको उपलब्धिका रूपमा हेरिएको छ।
यस उपलब्धिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीको मेहनत, जिम्मेवारीप्रतिको प्रतिबद्धता र प्रभावकारी कार्यसम्पादनलाई प्रतिबिम्बित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *