पत्रकार पोषकान्त पोखरेलको सवारी दुर्घटनामा मृत्यु

गैंडहवा न्युज

परासीस्थित झरही पुलमा आज भएको सवारी दुर्घटनामा परी रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान पत्रकार पोखरेलका रूपमा खुलेको हो।

यस दुःखद घटनाले पत्रकारिता क्षेत्रमा शोक छाएको छ। स्वर्गीय पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *