लुम्बिनीमा रुमिन्देई माई चैते पूर्णिमा मेला १८ गते देखि २२ गते सन्चालन भएको छ ।

दिनेश प्रसाद लोध ,लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला–२०८२सम्बन्धी जानकारी दिन आयोजक समितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमार्फत मेलाको उद्देश्य, कार्यक्रम तालिका, सहभागीता तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराइएको हो ।
रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ। चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा पूजा–आराधना गर्न, तथा मेला अवलोकन गर्न आउने परम्परा रहिआएको छ। यस मेलाले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश समेत प्रवाह गर्ने गर्दछ यो मेला बुद्ध जन्मनु भन्दा पहिल देखि रुमिन्देई माई चैते पूर्णिमा मेला लगिदै आएको र यस ऐतिहासीक मेलालाई थप व्यवास्थित बनाउदै र लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट बजेट विनियोजन गरी विभिन्न किसिमका साँस्कृतिक नाचगान कार्यक्रम आयोजना गरिएको नगर प्रबक्ता नइमुल्लाह फकिरले जानकारी दिनु भए ।
रुमिन्देई माई चैते पूर्णिमा मेला यहि १८ गते देखि २२ गते सम्म सन्चालन भएको छ । मेलाको उद्घघाटन गेट नम्बर ५ वाट विहान ११ बजे बहु साँस्कृतिक कलश सोभा यात्रा निकाली मेला स्थलमा पुगि मेलाको उद्घघाटन गरिने छ । मेलामा मुख्य आर्षकहरू बुद्ध विरहा नृत्य, कुस्ति दंगल, नाचगान, बौद्ध आध्यत्मिक नाटक, आकसे झलुङ्गे पिंग, सरकास, जादुगर र विभिन्न साँस्कृतिक सहितको प्रतुति रहने मेला समितिका समंयोजक विनोद श्रीवास्तवले बताउनु भयो ।
मेलामा कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट त्यस्तै सिमावर्ती भारतको सिद्धार्थनगर, बस्ती, महराजगंज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थीहरू अपेक्षा गरिएको मेला समितिका अनुगमन कर्ता हुसेनी लोधले बताए ।
मेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिने ,सीसीटीभी निगरानी र प्रवेश–नियन्त्रण ,भीड व्यवस्थापनका लागि छुट्टै टोली , आपतकालीन स्वास्थ्य सेवा र एम्बुलेन्सको व्यवस्था मेला समितिका समयोजक सदस्य अहमद खाने जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा आयोजकले मेला सफल बनाउन सञ्चारमाध्यम, स्थानीयवासी तथा सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *