लुम्बिनीमा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न।

दिनेश प्रसाद लोध ,रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक दिने बालश्रम न्यूनीकरण तथा उन्मूलनलाई लक्ष्य राख्दै बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधिको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा रोजगारसँग सम्बन्धित सरोकारवाला निकाय, स्थानीय तहका १ देखि १३ वडा का अध्यक्ष र होटल व्यवसायिक प्रतिनिधि, तथा सरोकारवाला व्यक्तिहरूको सहभागितामा श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना कार्यक्रम गरिएको हो।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यवाहक नगर प्रमुख कल्पना बोल्दै बालश्रम अन्त्य गर्नु राज्यको मात्र नभई समाजका सबै तह र वर्गको साझा दायित्व भएको उल्लेख गरे। उनले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक रहेको बताईन । “बालश्रमको अन्त्य बिना समृद्ध समाज निर्माण सम्भव छैन,” उनले भने।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रलाई बालश्रम मुक्त घोषणा गर्न आवश्यक पूर्वाधार तयार पार्न, तथ्यांक संकलन गर्न तथा समुदायमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिइन । उनीहरूले बालश्रमको जोखिममा रहेका बालबालिकाको पहिचान गरी पुनर्स्थापना र संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा प्रमुख राम सुन्दर थापाले व्यावसायजन्य सुरक्षा विभागका प्रतिनिधिले कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि कानुनी प्रावधान, अनुगमन प्रणाली तथा सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताए। उनले स्थानीय तहले स्पष्ट कार्ययोजना बनाएर अघि बढेमा बालश्रम अन्त्य गर्ने लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे।
बालश्रमका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा पर्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै यस विरुद्ध एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले समुदायस्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्दै बालश्रम उन्मूलनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
अन्त्यमा, कार्यक्रमले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ।
कार्यक्रममा स्थानिय जानप्रतिनिधि, महिला आमा समुह, युवा समाजसेवी, बुद्धजीवी, सुरक्षा निकाय पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *