लुम्बिनीमा आयोजना हुन लागेको रुमिन्देई माई चैते पूर्णिमा मेला आज बाट सुरू भएको छ ।
लुम्बिनी ५ नम्बर गेट देखि कलश शोभा निकाली मायादेवी मन्दिर परिक्रम गरि मुण्डन स्थलमा पुगी मेलाको उद्घाटन गरिएको छ ।
रुमिन्देई माई चैते पूर्णिमा मेला लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा चिनिन्छ । चैते पूर्णिमाको अवसरमा श्रद्धालुहरू मन्दिरमा पूजा–आराधना गर्न, तथा मेला अवलोकन गर्न आउने परम्परा रहिआएको छ।
यस मेलाले स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश समेत प्रवाह गर्ने गर्दछ यो मेला बुद्ध जन्मनु भन्दा पहिल देखि रुमिन्देई माई चैते पूर्णिमा मेला लगिदै आएको थियो यो मेलमा कुनै कसिमका शुल्क लिने पाइने छैन । यस मेलामा जुवा, तथा मदिरा जन्य पदार्थ बिक्री वितरण पुर्णरूपमा बन्देज गरिएको लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यवाहाक मेयर एवमं मेला संमयोजक कल्पना हरिजनले जानकारी दिएका थिए ।
रुमिन्देई माई चैते पूर्णिमा मेला बुद्ध विरहा नृत्य, कुस्ति दंगल, नाचगान, बौद्ध आध्यत्मिक नाटक, आकसे झलुङ्गे पिंग, सरकास, जादुगर र विभिन्न साँस्कृतिक सहितको प्रतुति रहने मेलामा मेलामा कपिलवस्तु, रुपन्देही र नवलपरासीबाट त्यस्तै सिमावर्ती भारतको सिद्धार्थनगर, बस्ती, महराजगंज र बलरामपुर जिल्लाबाट पनि दर्शनार्थीहरू आउने गरेको मेला समितिका अनुगमन कर्ता हुसेनी लोधले बताए ।
मेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिने ,सीसीटीभी निगरानी र प्रवेश–नियन्त्रण ,भीड व्यवस्थापनका लागि छुट्टै टोली , आपतकालीन स्वास्थ्य सेवाको व्यवस्था गरिएको थियो ।
आयोजकले मेला सफल बनाउन सञ्चार माध्यम, स्थानीयवासी तथा सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सहभागिताका लागि आग्रह गरेका छन ।

