भोटेकोशी पीडितका लागि कपिलवस्तु कारागारबाट सहयोग

गैंडहवा न्युज
लुम्बिनी १८ गते /कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार एक सय ऎघार रुपैयाँ सहयोग गरेका छन् ।

कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट ६६ हजार रुपैयाँ संकलन भएको थियो। ब्लक नं. १ का चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा ३५ हजार १ सय ११ रुपैयाँ थप सहयोग गरेका हुन् ।

प्रेमनाथ त्रिपाठीले उक्त संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरी बैंक भौचर प्रमुख जिल्ला अधिकारी जनार्दनलाई बुझाएका छन् ।

कारागार प्रशासक मानबहादुर सारूले विपद्को समयमा कैदीबन्दीको सहयोग मानवीय संवेदनाको उदाहरण भएको बताए। विपता मा परेका नागरिकको पीडामा आफ्नो क्षमताअनुसार सहयोग गर्नु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *