गैंडहवा न्युज
रुपन्देहीको गैंडहवा गाउँपालिका–७ को वडा कार्यालयमा निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन गरिएको छ। रण अम्बिका आँखा अस्पताल तथा गैंडहवा आँखा उपचार केन्द्रको सहयोगमा २०८२ असोज २० गते सञ्चालित आँखा शिविरमा २२० जनाको आँखा परीक्षण गरिएको छ।
शिविरमा परीक्षण गरिएका मध्ये ३५ जना मोतिबिन्दु भएका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ। छनोट भएका बिरामीको २०८२ असोज २१ गते निःशुल्क अपरेशन गरिने जनाइएको छ।
मोतिबिन्दुका कारण दृष्टि कमजोर भएका तथा अन्धोपनको जोखिममा रहेका बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान गैंडहवा गाउँपालिका–७ को वडा कार्यालयबाट बिहान ६ बजे निःशुल्क बस सेवा समेत उपलब्ध गराइनेछ।
वडा कार्यालयले सम्बन्धित बिरामी तथा सेवाग्राहीलाई निर्धारित समयमा उपस्थित भई उक्त निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन अनुरोध गरेको छ।
गैंडहवा गाउँपालिका–७ को वडा कार्यालयको सहयोगमा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया सेवा

