साना किसान कृषि सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभा सम्पन्न

गैंडहवा न्युज
गैंडहवा, असोज २६ गते । रुपन्देहीको गैंडहवा गाउँपालिका–३, विष्णुपुरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्णशंकर प्रसाद गुप्ताको अध्यक्षता तथा गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा गैंडहवा–३, विष्णुपुरास्थित साझा गोदाममा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेश कृषि सहकारी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल पौडेल तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल शाखाका प्रबन्धक पदमराज रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी, गैंडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिता बी.क., गाउँपालिका–३ का वडाध्यक्ष रामअजोर यादव, वडा नं. ४ का वार्ड सदस्य तुलबहादुर विक, प्रदेश कृषि सहकारी संघका सञ्चालक तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड, पर्रोहाका अध्यक्ष परशुराम सापकोटा, जिल्ला कृषि सहकारी संघ रुपन्देहीका सञ्चालक तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड, दुधराक्षका अध्यक्ष सरस्वती पाठकलगायतको उपस्थिति रहेको थियो।
सभामा साना किसान कृषि सहकारी संस्था लिमिटेड, मालझण्डीका अध्यक्ष देवीराम रेग्मी, गजेडीका अध्यक्ष सीता कुमारी क्षेत्री खत्री, सान्डीका अध्यक्ष विन्दु विष्ट, गैंडहवा गाउँपालिकाका कृषि शाखा प्रमुख टीका अर्याल तथा सहकारी शाखा प्रमुख सुमन घिमिरेलगायत सहकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।
त्यस्तै, साना किसान कृषि सहकारी संस्था लिमिटेड, संमलारका प्रबन्धक शोभाखर शर्मा, पर्रोहाका प्रबन्धक दिनेश घिमिरे, गजेडीका प्रबन्धक बसन्ती चौधरी तथा सान्डीका महाप्रबन्धक मञ्जु चौधरीलगायत सहकारीकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष तेजकुमारी विक, लेखा तथा अन्य सल्लाहकार, चन्द्रकला गुप्ता, सन्तु प्रसाद धवल, नगेन्द्रकुमार कोहरलगायतको सहभागिता रहेको थियो।
साधारण सभाले संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सहकारीको प्रगति तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने अवसर प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *