गैंडहवा न्युज
सालझण्डी, असोज २२ गते।
रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित सालझण्डीमा प्रहरीले हराएको मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
भारतको बिहार प्रदेश, पश्चिमी चम्पारण क्षेत्रअन्तर्गत हरिनगर डुमरियाका स्थायी बासिन्दा शशीभुषण राम सैनामैना नगरपालिका–१० स्थित सालझण्डी वासिङ सेन्टरमा काम गर्दै आएका थिए। उनको Realme कम्पनीको मोबाइल फोन हराएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले स्थानीयवासीको सहयोगमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा सैनामैना नगरपालिका–१० स्थित टेलिकम टावरनजिकै सडक छेउमा उक्त मोबाइल फोन फेला परेको थियो। प्रहरीले फेला परेको मोबाइल फोन सम्बन्धित धनी शशीभुषण रामलाई बुझाएको जनाएको छ।
हराएको मोबाइल खोजी गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्न सहयोग गर्ने प्रहरी तथा स्थानीयवासीको यस कार्यले नागरिक र प्रहरीबीचको सहकार्यलाई थप बलियो बनाएको छ।
सालझण्डी प्रहरीले हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

