गैंडहवा न्युज
गैंडहवा, रुपन्देही। रुपन्देहीको गैंडहवा गाउँपालिका–३ स्थित हातिबजारमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता बर्खु चमारले गर्नुभएको थियो भने उमेश कोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नवराज लामिछाने, गणपत रैदास, कोइव कुर्मी, योगेन्द्र यादव, विशाल पौडेल र बबराज लामिछानेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले मिटरब्याजबाट पीडित किसान तथा मजदुरका समस्या, उनीहरूको हकहित र न्यायका विषयमा धारणा राखेका थिए। सो अवसरमा नेपाल सरकारसँग सम्झौता भएको जानकारीसमेत गराइएको थियो।
गैंडहवाको हातिबजारमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल सरकारसँग सम्झौता भएको जानकारी

