पाल्पामा पहिरोले घर पुरिँदा तीन जना सम्पर्कविहीन
गैंडहवा न्युजपाल्पा, असोज ११ गते /पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना सम्पर्कविहीन भएका छन्। आइतबार बिहान करिब ५ बजे घरमाथिबाट खसेको पहिरोले ७० वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरेको हो। पहिरोमा परी लिलबहादुरसहित उहाँका छोरीहरू १७ वर्षीया झरना र १५ वर्षीया दिना घर्ती मगर सम्पर्कविहीन भएका वडाध्यक्ष तेजबहादुर घर्ती मगरले…

