सडक अतिक्रमणविरुद्ध फकिरको कडा एक्सन , वडा नं. २ मा अभियान तीव्र

दिनेश प्रसाद लोध, लुम्बिनी
लुम्बिनी साँस्कृतिक नगरपालिकाले सडक पेटी र सार्वजनिक जग्गामा रहेका अस्थायी संरचना, निर्माण सामग्री, र पार्किङ हटाउन वडा नम्बर 2 का वडा अध्यक्ष इनामुल्लाह फकिरले (एक्सन) कारबाही सुरु गरेको छ। नगरका सडकहरू सहज र सफा बनाउन , सडक मिचेर बनाइएका साना पसल र टहराहरू हटाउन लुम्बिनि साँस्कृतिक नरपालिकाले निर्देशन दिएको छ ।
नगरपालिकाले यस्ता गतिविधिका कारण सर्वसाधारणलाई दैनिक आवतजावतमा कठिनाइ भएको जनाउँदै सूचना प्रकाशित मितिले ७ दिनभित्र सडक पेटी खाली गर्न निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र अतिक्रमण हटाइएको नपाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
वडा नं. २ का वडा अध्यक्ष इनामुल्लाह फकिरले सडक तथा नाली निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने क्रममा विभिन्न स्थानमा व्यापक रूपमा सडक अतिक्रमण भएको पाइएको बताएका छन्। उनका अनुसार कतिपय व्यक्तिहरूले सडक मिचेर घर, टहरा तथा अन्य अस्थायी संरचना निर्माण गरेका कारण विकास निर्माण कार्यमा अवरोध सिर्जना भएको छ। यसैलाई मध्यनजर गर्दै त्यस्ता अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्र बनाइएको उनले जानकारी दिए।
फकिरका अनुसार नगरपालिकाले पटक–पटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गर्दा पनि केही व्यक्तिहरूले बेवास्ता गरेका छन्। जसका कारण निर्माण कार्य प्रभावित हुनुका साथै सर्वसाधारणको आवतजावतमा समेत समस्या उत्पन्न भएको छ। अब यस्तो अवस्था सह्य नहुने स्पष्ट पार्दै उनले नगरपालिकाको प्राविधिक टोलीमार्फत सडकको नापजाँच गरी सडक मिचिएका सडक खाली गर्न अनुरोध समेत गरी तोकिएको सीमा भित्र सडक अतिक्रमण गर्ने व्यक्तिहरूका संरचना माथी डोजर प्रयोग गरी हटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *