रुपन्देहीको जिल्ला प्रहरी कर्यालयले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गर्दै

सुमन जैसवाल /लुम्बिनी , चैत २०गते /जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएको करिब २४ लाख २४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार ओमसतिया–४ बसन्तपुरबाट सबैभन्दा बढी २२ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको एलईडी स्ट्रिट लाइट ६५ पिस र जिन्स कटन सर्ट ४८१ पिस लु १ ज ३८७४ नम्बरको कारसहित बरामद गरिएको छ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईबाट ८४ हजार रुपैयाँ बराबरको फलफूल तथा तरकारी लु ६ प २९८९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । यस्तै, सिद्धार्थनगर–१ बेलहिया बाइपासबाट ६० हजार रुपैयाँ बराबरको १०० केजी केरा तथा अन्य फलफूल २ वटा साइकलसहित बरामद गरिएको छ ,भने लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ आज्माबाट ५५ हजार ५ सय रुपैयाँ बराबरको फलफूल लु २ प ८२०४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनु भयो ।

बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *