लुम्बिनी ,बैशाख १३
रुपन्देही प्रहरीले विशेष स्वीप अपरेशन सञ्चालन गरी शान्ति सुरक्षामा खलल पुर्याउने आशंकामा १०३ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वैशाख १२ गते शनिबार साँझ ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको आपराधिक गतिविधिबारे थप अनुसन्धान भइरहेको छ । जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) गणेश सापकोटाले जानकारी दिनु भयो ।

