श्री नवदुर्गा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दिलबहादुर यादव चयन

गैंडहवा न्युज
गैंडहवा, असोज २१ गते। रुपन्देहीको गैडहवा गाउँपालिका–५, ठकुरपुरस्थित श्री नवदुर्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा दिलबहादुर यादव सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाअन्तर्गत अभिभावकहरूको भेलाबाट चार जना सदस्य छनोट भएपछि २०८३ असोज २१ गते बसेको बैठकले सदस्य तुलबहादुर विकको अध्यक्षतामा यादवलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको हो।
विद्यालयका सदस्य–सचिव तथा प्रधानाध्यापक राजेश्वर निषादका अनुसार नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक तथा समग्र विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नवगठित विद्यालय व्यवस्थापन समितिमा:अध्यक्ष: दिलबहादुर यादव ,सदस्य: दिनानाथ यादव , वासमती यादव , माया कुमारी पासी ,सदस्य–सचिव (प्रधानाध्यापक): राजेश्वर निषाद नवनिर्वाचित अध्यक्ष दिलबहादुर यादवसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
।

Leave a Reply

Your email address will not be published. Required fields are marked *