खातुन हत्या प्रकरणमा प्रहरीको सफलता, चार जना पक्राउ

गैंडहवा न्युजलुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ की ४२ वर्षीया जुबेदा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। धानखेतमा मृत अवस्थामा फेला परेकी खातुनको घटनाबारे अनुसन्धान अघि बढाउँदै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटनाले नयाँ मोड लिएको छ।गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–७ स्थित धानखेतमा खातुनको शव फेला परेको थियो। शव…

Read More

वडा अध्यक्ष फकीरको पहलमा भुजहिया गाउँमा नाली निर्माण कार्य सुरु

गैंडहवा न्युज कार्तिक १६गते /रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ स्थित भुजहिया गाउँमा नाली निर्माण कार्य सुरु भएको छ। वडा नं. २ का वडा अध्यक्ष श्री ईनामुल्लाह फकीरको पहलमा नाली निर्माण कार्यको शुभारम्भ गरिएको हो।गाउँमा जलनिकासको समस्या समाधान गर्ने तथा स्थानीयवासीलाई सहज वातावरण प्रदान गर्ने उद्देश्यले नाली निर्माण कार्य अघि बढाइएको हो। नाली निर्माण…

Read More

जीविका बहुउद्देश्यीय सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

नगेन्द्र के सि /गैंडहवा न्युजरुपन्देहीको शुद्धोदन गाउँपालिका–४, फर्साटिकरस्थित जीविका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। शुद्धोदन–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेसको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन समारोह संस्थाका अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।साधारणसभाको उद्घाटन प्रमुख अतिथि बस्यालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।कार्यक्रमलाई…

Read More

जापानमा रहेका व्यक्तिका नाममा बुटवलबाट लाइसेन्स, परीक्षा नै नदिई १३ जनालाई अनुमतिपत्र तत्कालीन कार्यालय प्रमुख र प्रहरी अधिकारीसहित सात भ्रष्टाचार मुद्दा

गैंडहवा न्युजबुटवल । जापानमा रहेका व्यक्तिका नाममा बुटवलबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको तथ्य खुलेको छ। यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा भएको लाइसेन्स वितरणसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख र प्रहरी अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारको अनुसन्धानअनुसार २०७७ मंसिर २५ गते वैदेशिक रोजगारीका लागि जापान गएका…

Read More

तौलिहवा बजारमा संयुक्त अनुगमन, फुटपाथ र सडक अतिक्रमण हटाउन व्यवसायीलाई चेतावनी

गैंडहवा न्युज।कपिलवस्तु नगरपालिका, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय तौलिहवाको संयुक्त अनुगमन टोलीले तौलिहवा बजार क्षेत्रमा अनुगमन गरेको छ।टोलीले तौलिहवास्थित हुलाकी चोकदेखि गौढी चोकसम्मका व्यवसायीहरूले फुटपाथ तथा सडकमा विभिन्न सामान राखेर बिक्री वितरण गर्दै आएको पाइएपछि चेतावनीसहित ती सामग्री हटाउन लगाएको हो।सडक तथा पैदल यात्रुका लागि छुट्याइएको फुटपाथमा सामान राख्दा आवागमनमा अवरोध पुग्नुका…

Read More

सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी प्रवेश गरेको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

गैंडहवा न्युज |शुक्रबार सरकारी कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकमा खटिएका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि नियन्त्रणको प्रयास गरिएको घटनालाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको व्यावसायिक सुरक्षासँग…

Read More

हिउँदे अधिवेशनबाट भाषा विधेयक पारित गर्ने सभामुख घर्तीमगरको प्रतिबद्धता

गैंडहवा न्युज१२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आगामी हिउँदे अधिवेशनबाट सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।नेपाल सरकार भाषा आयोग र आदिवासी जनजाति मञ्च नेपालको आयोजनामा बिहीबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश सरकारको कामकाजी भाषा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आगामी मंसिरबाट सुरु हुने हिउँदे अधिवेशनमा विधेयक…

Read More

सुझाव पेटिकामा मृत छिप्कली भेटियो!

गैंडहवा न्युज | रुपन्देहीगैंडहवा गाउँपालिका वडा नं. ९ को कार्यालयमा राखिएको सुझाव पेटिकाभित्र मृत अवस्थामा छिप्कली भेटिएको छ।नागरिकका गुनासा, समस्या तथा सुझाव संकलन गर्ने उद्देश्यले राखिएको सुझाव पेटिकाको मुख्य द्वारमै मृत छिप्कली देखिनुले उक्त पेटिकाको नियमित अनुगमन तथा सरसफाइ भइरहेको छ कि छैन भन्ने प्रश्न खडा गरेको छ।जनताका गुनासा र सुझाव सुन्ने माध्यमका रूपमा राखिएको…

Read More

रूपन्देहीको कोटहीमाईमा धान खेतमा महिलाको शव फेला

गैंडहवा न्युज | लुम्बिनीरूपन्देहीको कोटहीमाई गाउँपालिका–७ मा एक महिलाको शव फेला परेको छ।प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–४ र वडा नं. ७ को बीचमा पर्ने कटफोरवा नालाको छेउमा रहेको धान खेतमा महिलाको शव फेला परेको हो।स्थानीयवासीका अनुसार मृतक महिला कोटहीमाई गाउँपालिका–५, सानो मझगावाकी हुन्।महिलाको शव फेला परेपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको कारण र अन्य विवरणबारे…

Read More

वर्षौँदेखिको प्रतीक्षा अन्त्य हुँदै, लुम्बिनीका दुई सडकको सर्भे सुरु

गैंडहवा न्युजलुम्बिनी। वर्षौँदेखि प्रतीक्षामा रहेका लुम्बिनी क्षेत्रका महिलवार सडक तथा मोगलहा–मसिना सडक निर्माणको प्रक्रिया अघि बढेको छ। सडक निर्माणका लागि सम्झौता सम्पन्न भएसँगै आजदेखि सर्भे कार्य सुरु भएको हो।लामो समयदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो खबरले आशा जगाएको छ। सर्भे कार्य सम्पन्न भएपछि छठ पर्वलगत्तै सडक निर्माणको काम अघि बढ्ने जनाइएको छ।यी…

Read More