नागरिकका गुनासो प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

गैंडहवा न्युजरुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, इलाका…

Read More

रसुवा बाढी पीडितलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउनेबाढीपीडितका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट राहत रकम जम्मा गैंडहवा न्युजलुम्बिनी, भदौ २२गते /रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

Read More

भोटेकोशी पीडितका लागि कपिलवस्तु कारागारबाट सहयोग

गैंडहवा न्युजलुम्बिनी १८ गते /कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार एक सय ऎघार रुपैयाँ सहयोग गरेका छन् । कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट ६६ हजार रुपैयाँ संकलन भएको थियो। ब्लक नं. १ का चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा ३५ हजार १ सय ११ रुपैयाँ थप सहयोग गरेका हुन्…

Read More

रक्षा बन्धनमा भैरहवामा महिलाका लागि निःशुल्क ई–रिक्सा सेवा

गैंडहवा न्युजलुम्बिनी , भदौ १२गते /रक्षा बन्धन अर्थात् जनैपूर्णिमाको अवसरमा रुपन्देहीको भैरहवामा महिलाका लागि निःशुल्क ई–रिक्सा सेवा सञ्चालन गरिएको छ। दिदीबहिनी तथा आमाहरूलाई पर्वका दिन दाजुभाइ तथा आफन्तकहाँ पुग्न सहज होस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र पाँचवटा ई–रिक्सा निःशुल्क सञ्चालन गरिएको हो । युवा समाजसेवी सिद्धार्थनगर–४ का संरक्षक गोविन्द यादव र अध्यक्ष रोशन थापाको पहलमा…

Read More

बुटवलमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

उपमहानगरपालिका–३ गोलपार्कबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले भदौ ४ गते अपराह्न करिब ४ः२५ बजे गोलपार्क क्षेत्रमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको थियो । सो क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगद तथा ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा…

Read More

राममणि क्याम्पसमा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न

लुम्बिनी , साउन २७ गते /रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको यस वर्षको मूल सन्देश ‘भिन्न परिवेश, साझा आकांक्षालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्रोतव्यक्तिका रूपमा प्राज्ञिक व्यक्तित्व तथा युवा उद्यमी एवं मणिग्राम…

Read More

जन्मसिद्ध अमेरिकी नागरिकतामा ट्रम्पको नयाँ कडाइ, दुई कार्यकारी आदेश जारी

गैंडहवा न्युजकाठमाण्डौ, साउन २२गते /भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ । विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । सूचनामार्फत महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा तीन करोड रुपैयाँ भन्दा बढी…

Read More

भैरहवाको होटलबाट VOIP कल बाइपास गर्ने उपकरणसहित एक जना पक्राउ

गैंडहवा न्युजलुम्बिनी , साउन १५ गते /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित एक होटलबाट अवैध रूपमा Voice Over Internet Protocol (VOIP) Call बाइपास गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामो समयदेखि निगरानीमा राखिएको बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्ट मा साउन १३ गते बिहान करिब…

Read More

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने

गैंडहवा न्युजकाठमाण्डाै, साउन २गते /सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्तिभरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको…

Read More

लुम्बिनी नलकूप जल उपभोक्ता क्षेत्रीय समिति मानपकडीको ३५औँ वार्षिक साधारणसभा सम्पन्नसिँचाइ प्रणालीको दिगो व्यवस्थापन, पारदर्शिता र किसानको सक्रिय सहभागितामा जोड गर्दै

लुम्बिनी ,साउन २ गते /लुम्बिनी नलकूप जल उपभोक्ता संघ क्षेत्रीय समिति मानपकडी, रुपन्देहीको ३५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सिँचाइ प्रणालीको दिगो व्यवस्थापन, संस्थागत सुदृढीकरण तथा किसानमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको छ । समितिका अध्यक्ष नवलराज शर्मा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी नलकूप जल उपभोक्ता संघ मूल समितिका…

Read More