दिनेश प्रसाद लोध, लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा साउदीको मक्का मदिनामा हज गर्ने यात्रीलाइ एक स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल टुहुरा तथा असहायक सेवा केन्द्र लुम्बिनी ११ रुपन्देहीको आयोजनमा र लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय र वडा न ६ वडा अध्यक्ष मइमुल्ल हक मुसलमान सामाजसेवी मोविन मुसलमान . वडा न ३ पडरिया CLC अध्यक्ष इन्तियाज खान को सहयोगमा ६४ जना हाजीहरुलाई खादाले स्वागत गरेको छ ।
कार्यक्रम का नेपाल टुहुरा तथा असहायक सेवा केन्द्र अध्यक्ष कमरुद्दीन दर्जी प्रमुख् अतिथि जियाउद्दीन खान नगर प्रवक्ता इनामुल्लाह फकिर स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपास्थिति रहेको थियो ।
मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरका मुस्लिमहरू आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्छन् ।
हाजीहरुलाई मक्का मदिनामा कसरी जाने, त्यहाँ पुगि सके पछि के के गर्ने भनी ६४ जना हज यात्रीलाई प्रशिक्षक दिएको थियो । धार्मिक तथा सामाजिक सद्भाव झल्किने गरी कार्यक्रम आयोजना गरिएकोमा आयोजकले बताए ।

