रुपन्देही प्रहरीले २२ लाखभन्दा बढीका अवैध सामान बरामद, तस्करी नियन्त्रणमा चुनौती

लुम्बिनी , वैशाख ५ रुपन्देही प्रहरीले सीमावर्ती क्षेत्रहरूमा सक्रियता बढाउँदै २२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको विशेष टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा २२ लाख १० हजार ९ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियाबाट मात्रै १३ लाख…

Read More

वर्ष २०८२ : विपद्का घटनामा ४९६ जनाको ज्यान गयो काठमाण्डाैमा

चैत्र ३०गते २०८२ सालमा विपद्का घटनामा परेर ४९६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाख १ देखि चैत ३० गतेसम्म भएका ७ हजार ७१६ घटनामा ४९६ जनाले ज्यान गुमाएका हुन् । यस वर्ष आगलागीका घटनामा १०६ जना र सर्पको डसाइबाट १०१ जनाले ज्यान गुमाएका छन् । यस्तै पहिरोमा परेर…

Read More

मायादेवीमा विश्व हिन्दु परिषद् गाउँपालिका स्तरीय समिति गठन, अध्यक्षमा अरुण कुमार यादव

लुम्बिनी ,चैत २९ रुपन्देहीको मायादेवी गाउँपालिकामा विश्व हिन्दु परिषद् नेपालको गाउँपालिका समिति गठन गरिएको छ । शनिबार मायादेवी–६ बेथरीस्थित कोटहीमाई मन्दिर धर्मशालामा आयोजित कार्यक्रममा अरुण कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित समितिको सचिवमा दया शंकर कुर्मी, गौरक्षा प्रमुखमा सुनिल केवट, सत्संग प्रमुखमा प्रदीप प्रजापति, सेवा प्रमुखमा राजकुमार हरिजन, युवा…

Read More

मर्चवार प्रेस क्लबको दोस्रो साधारणसभा सम्पन्न

सुमन जैसवाल /लुम्बिनी । मर्चवार प्रेस क्लब, रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिका–७, बेतकुइयाँस्थित वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच सभा सम्पन्न भएको हो ।साधारण सभामा बोल्दै प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले समाजप्रति पहरेदारका रूपमा पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार…

Read More

गोली प्रहारपछि रुपन्देहीको प्रहरीले लागुऔषधसहित तीन कारोबारी पक्राउ

दीपक जैसवाल /लुम्बिनी ,चैत २४गते रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका बिशाल यादव, भारतको महाराजगंज, पर्सामलिक ग्राम बिसुनपुरवाका १८ वर्षिय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको…

Read More

रुपन्देहीको ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने १९ बाइक प्रहरीको नियन्त्रणमा

दीपक जैसवाल /लुम्बिनी ,चैत २३गते ट्राफिक नियम उल्लंघन गर्दै ध्वनि प्रदूषण फैलाउने तथा जोखिमपूर्ण स्टन्ट गर्ने १९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले “अपरेशन साइलेंट स्ट्रिट्स” सञ्चालन गरी मंगलबार राति करिब १० बजे ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारी साधनमा बुलेटसहित…

Read More

बुटवलमा ‘साइलेंट स्ट्रिट्स’ अपरेशन: २५ मोटरसाइकल टर्फिक प्रहरीको नियन्त्रणमा

दीपक जैसवाल /लुम्बिनी ,चैत २३गते मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, स्टन्ट गर्ने तथा स्पार्किङ जस्ता गतिविधि गर्दै ध्वनि प्रदूषण फैलाउने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले “अपरेशन साइलेंट स्ट्रिट्स” सञ्चालन गरी बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित कालिकापथ क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।…

Read More

भैरहवामा चैत ३० गते देखि सिद्धार्थ ‘रैथाने सडक खाना महोत्सव’ हुँदै

सुमन जैसवाल /लुम्बिनी ,चैत २२गतेनयाँ वर्ष २०८३ को पूर्वसन्ध्यालाई लक्षित गर्दै भैरहवामा ५ औं सिद्धार्थ रैथाने सडक खाना महोत्सव आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीको आयोजनामा हुने उक्त महोत्सव चैत ३० गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म रंगशाला रोडमा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।…

Read More

बुटवलको यातायात कार्यालय मै बिचौलियाहरु: दुई जना पक्राउ

दीपक जैसवाल/ लुम्बिनी ,रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा रहेको यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलिया कार्यमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीहरूलाई ट्रायल छिटो गराइदिने र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा दिलाइदिने प्रलोभन देखाई बढी शुल्क असुल्ने कार्य भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो…

Read More

प्रधानमन्त्रीको निर्देशनपछि बल्ल चले लुम्बिनीका विद्युतीय बस, वर्षौंको बेवास्ता रहेको

दीपक जैसवाल लुम्बिनीबुद्ध जन्मस्थल लुम्बिनीमा साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू अन्ततः सञ्चालनमा आएका छन । लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठका अनुसार बुधबारदेखि एउटा बस औपचारिक रूपमा सञ्चालन गरिएको हो । उहाका अनुसार भारतीय सीमा नाकाबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै पहिलो चरणमा एउटा बस चलाइएको छ भने अर्को बस…

Read More