यशोधरा गाउँपालिकाको आधारभूत अस्पताल बन्द हुनु गम्भीर विषय, नागरिकको स्वास्थ्य सेवामाथि प्रश्न

गैंडहवा न्युजकपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले सञ्चालन गर्दै आएको आधारभूत अस्पताल जेठ २९ गतेदेखि बन्द भई स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालन भइरहेको विषय गम्भीर बनेको छ। अस्पताल बन्द हुँदा स्थानीय नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवामा असर परेको भन्दै यस विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिन आवश्यक देखिएको छ।चिकित्सकसहितका स्वास्थ्यकर्मी हटाइएपछि अस्पताल स्वास्थ्य चौकीमा सीमित हुनुपर्ने अवस्था किन…

Read More

बुढानीलकण्ठबाट २१ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

गैंडहवा न्युजकाठमाडौं, असोज २३ गते।काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ठूलो परिमाणमा सुन बरामद गरेको हो।प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधनका लागि राखिएको अवस्थामा फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउसमेत गरेको छ।यसअघि २०८०…

Read More

पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, चार मृतकको पहिचान खुल्यो; १५ जना घाइते

पोखरा, असोज २३ गते।पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।कास्की प्रहरी…

Read More

रन्यौरा प्रहरीको सफलता: सैनामैनाबाट पाँच लाख रुपैयाँ बराबरको अवैध पटका बरामद, चार जना नियन्त्रणमा

गैंडहवा न्युजलुम्बिनी, असोज २३ गते।रुपन्देहीको सैनामैना नगरपालिका–४, रन्यौराबाट प्रहरीले करिब पाँच लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका अवैध पटका बरामद गरेको छ। प्रहरीले पटका ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ।बिहीबार राति करिब १ बजे इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले मुर्गिया–लुम्बिनी सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा पटका…

Read More

बुटवल मालपोतमा सुधार कहिले हुन्छ? ६ धुर जग्गा पास गर्नै सास्ती, अनलाइन इन्ट्रीमै बित्यो एक दिन

गैंडहवा न्युजबुटवल — सरकारी कार्यालयमा सेवा प्रवाह सहज, छिटो र झन्झटरहित बनाउने सरकारी प्रतिबद्धतामाथि प्रश्न उठाउँदै बुटवलको मालपोत कार्यालयमा भोग्नुपरेको सास्तीबारे युवा व्यवसायी प्रकाश भुसालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेका छन्।भुसालका अनुसार जग्गा पास गर्ने प्रक्रियाका लागि उनी आवश्यक कागजातसहित मालपोत कार्यालय पुगेका थिए। कार्यालयमा सेवा प्रवाहमा सुधार भएको होला भन्ने अपेक्षासहित उनले आफैँ…

Read More

सालझण्डी प्रहरीले हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझायो

गैंडहवा न्युजसालझण्डी, असोज २२ गते।रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित सालझण्डीमा प्रहरीले हराएको मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।भारतको बिहार प्रदेश, पश्चिमी चम्पारण क्षेत्रअन्तर्गत हरिनगर डुमरियाका स्थायी बासिन्दा शशीभुषण राम सैनामैना नगरपालिका–१० स्थित सालझण्डी वासिङ सेन्टरमा काम गर्दै आएका थिए। उनको Realme कम्पनीको मोबाइल फोन हराएको भन्ने खबर प्राप्त भएपछि प्रहरीले स्थानीयवासीको सहयोगमा खोजतलास गरेको…

Read More

विभिन्न क्रसर उद्योगबाट तार चोरीको आरोपमा कवाड पसल सञ्चालकसहित ५ जना पक्राउ

गैंडहवा न्युजरुपन्देही, असोज २२ गते।रुपन्देहीका विभिन्न क्रसर तथा रोडा प्रशोधन उद्योगहरूबाट पटक–पटक तार चोरी भएको घटनामा संलग्न रहेको आरोपमा कवाड पसलका सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार जिल्लाका विभिन्न उद्योगबाट करिब १० लाख रुपैयाँ बराबरका तार चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।प्रहरीका अनुसार…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदै छौँ, हामी सुन्ने छौँ’ अभियानअन्तर्गत शुद्धोधनमा भेटघाट कार्यक्रम सप्पन्न

गैंडहवा न्युजकपिलवस्तु । असोज २० गतेदेखि २७ गतेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आह्वान गरिएको ‘हामी आउँदै छौँ, हामी सुन्ने छौँ’ अभियानअन्तर्गत कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा भेटघाट कार्यक्रम आयोजना गरिएको छ।शुद्धोधन गाउँपालिकाका सभापति डा. श्रद्धानन्द चौधरीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय तौफिक अहमद खानले आफ्नो धारणा राख्नुभएको थियो।अभियानअन्तर्गत आयोजित भेटघाट कार्यक्रमले स्थानीय नागरिकका…

Read More

रुपन्देहीमा १८ वर्ष पुरानो हत्या घटनाका दुई आरोपी पक्राउ

गैंडहवा न्युजलुम्बिनी, असोज २२ गते।रुपन्देहीमा १८ वर्षअघि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी रहेका छन्।प्रहरीका अनुसार २०६५ साल मंसिर ६ गते राति करिब १२ः३० बजे साविक धकधई गाविस–८, हाल…

Read More

तीनकुने झडपमा प्रहरीका तत्कालीन दाबी उल्ट्याउँदै मानव अधिकार आयोगको प्रतिवेदन

गैंडहवा न्युजकाठमाडौं । तीनकुनेमा भएको हिंसात्मक झडपपछि नेपाल प्रहरीले तत्काल सार्वजनिक गरेका विभिन्न स्पष्टीकरण र दाबीलाई राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले तथ्यसहित खण्डन गरेको छ। आयोगले घटनाको अनुसन्धानपछि सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै सम्बन्धित कमान्डरमाथि विभागीय कारबाहीसमेत सिफारिस गरेको छ।झडपलगत्तै नेपाल प्रहरीले सुरक्षाकर्मी घरको छतमा नचढेको, अश्रुग्यास आकाशतर्फ प्रहार गर्दा मञ्चमा खसेको देखिएको तथा…

Read More