भैरहवामा दशैं महोत्सव सुरु, स्थायी मण्डप बनाउन माग

गैंडहवा न्युजलुम्बिनी , असोज २६ गते। रुपन्देहीको भैरहवामा आइतबारदेखि ‘भैरहवा दशैं महोत्सव–२०८३’ सुरु भएको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा सिद्धार्थनगर नगरपालिका–४ स्थित गल्लामण्डी (सुगरमिल) रोडमा सुरु भएको महोत्सव कात्तिक ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।महोत्सवको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले दशैंको…

Read More

साना किसान कृषि सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभा सम्पन्न

गैंडहवा न्युजगैंडहवा, असोज २६ गते । रुपन्देहीको गैंडहवा गाउँपालिका–३, विष्णुपुरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष कृष्णशंकर प्रसाद गुप्ताको अध्यक्षता तथा गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा गैंडहवा–३, विष्णुपुरास्थित साझा गोदाममा साधारण सभा सम्पन्न भएको हो।कार्यक्रममा प्रदेश कृषि सहकारी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल पौडेल…

Read More

गैंडहवाको हातिबजारमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल सरकारसँग सम्झौता भएको जानकारी

गैंडहवा न्युजगैंडहवा, रुपन्देही। रुपन्देहीको गैंडहवा गाउँपालिका–३ स्थित हातिबजारमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता बर्खु चमारले गर्नुभएको थियो भने उमेश कोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नवराज लामिछाने, गणपत रैदास, कोइव कुर्मी, योगेन्द्र यादव, विशाल पौडेल र बबराज लामिछानेलगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरूले मिटरब्याजबाट पीडित किसान तथा मजदुरका समस्या, उनीहरूको…

Read More

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

गैंडहवा न्युजकाठमाडौं, असोज २४ गते। राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार राष्ट्रपति पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्नुभएको हो।सरकारले राष्ट्रपतिसमक्ष उक्त अध्यादेशसहित तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। अन्य दुई अध्यादेशमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ र ‘वनसम्बन्धी केही नेपाल…

Read More

आमा माविका ३५ विद्यार्थी सम्मानित, १८ जनालाई साइकल र १७ जनालाई नगद पुरस्कार

गैंडहवा न्युजलुम्बिनी, असोज २४ गते। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा रहेको श्री आमा माध्यमिक विद्यालयका २०८२ सालको एसईई तथा कक्षा १२ को परीक्षामा नियमिततर्फ उत्तीर्ण ३५ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ।विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै उनीहरूलाई थप अध्ययनका लागि प्रोत्साहित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १८ जना विद्यार्थीलाई साइकल र १७ जनालाई जनही…

Read More

हामी आउँदै छौँ रुपन्देहीमा — परिवर्तनको नयाँ सन्देश बोकेर ?

गैंडहवा न्युजलुम्बिनी “हामी आउँदै छौँ” केवल एउटा नारा मात्र होइन, यो जनताको आशा, विश्वास र परिवर्तनको संकल्प हो।वर्षौँदेखि जनताले देखेका सपना, भोगेका समस्या र मनमा साँचेर राखेका अपेक्षाहरूलाई सम्बोधन गर्ने उद्देश्यसहित हामी जनताको बीचमा आएका छौँ।हामी कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको आवाज बन्न, जनताका समस्या बुझ्न र जनतासँगै मिलेर समाधान खोज्न…

Read More

लुम्बिनी सांस्कृतिक–३ मा तीनमहिने सिलाइकटाइ तालिम सुरु ,२० जना महिला सहभागी, तालिमपछि सिलाइ मेसिन उपलब्ध गराउने वडाको प्रतिबद्धता

गैंडहवा न्युजलुम्बिनी, असोज २३ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ मा महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सिलाइकटाइ तालिम सुरु भएको छ।ह्युमन एड फर रिलिफ एन्ड सपोर्टको आयोजना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ को सहयोगमा सञ्चालित उक्त तालिममा २० जना महिलाको सहभागिता रहेको छ। असोज २३ गतेदेखि सुरु भएको तालिम आगामी…

Read More

यशोधरा गाउँपालिकाको आधारभूत अस्पताल बन्द हुनु गम्भीर विषय, नागरिकको स्वास्थ्य सेवामाथि प्रश्न

गैंडहवा न्युजकपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले सञ्चालन गर्दै आएको आधारभूत अस्पताल जेठ २९ गतेदेखि बन्द भई स्वास्थ्य चौकीका रूपमा मात्र सञ्चालन भइरहेको विषय गम्भीर बनेको छ। अस्पताल बन्द हुँदा स्थानीय नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवामा असर परेको भन्दै यस विषयमा सम्बन्धित निकायले स्पष्ट जवाफ दिन आवश्यक देखिएको छ।चिकित्सकसहितका स्वास्थ्यकर्मी हटाइएपछि अस्पताल स्वास्थ्य चौकीमा सीमित हुनुपर्ने अवस्था किन…

Read More

बुढानीलकण्ठबाट २१ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

गैंडहवा न्युजकाठमाडौं, असोज २३ गते।काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ठूलो परिमाणमा सुन बरामद गरेको हो।प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधनका लागि राखिएको अवस्थामा फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउसमेत गरेको छ।यसअघि २०८०…

Read More

अपराधलाई जात र राजनीतिको खोलले ढाक्न मिल्दैन, कानुन सबैका लागि समान हुनुपर्छ

गैंडहवा न्युज |विचार मानिसले गरेको अपराधलाई जात, धर्म, राजनीतिक आस्था वा सामाजिक पहिचानको खोल ओढाएर जति नै ढाकछोप गर्न खोजिए पनि सत्यलाई सधैँ लुकाएर राख्न सम्भव हुँदैन। कुनै पनि व्यक्तिको वास्तविक चरित्र र व्यवहारको मूल्याङ्कन उसको जात वा राजनीतिक आबद्धताका आधारमा होइन, उसले गरेका काम, व्यवहार र प्रमाणका आधारमा हुनुपर्छ। समाजमा न्याय स्थापित गर्ने हो…

Read More