नागरिकका गुनासो प्रहरी जनताको बीचमा लुम्बिनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

गैंडहवा न्युजरुपन्देही — नागरिकका समस्या, गुनासा तथा सुरक्षा सम्बन्धी विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले मंगलबार इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजन, इलाका…

Read More

ओमसतियाबाट कटुवा पेस्तोल र २५ राउण्ड गोलीसहित दुई जना पक्राउ

गैंडहवा न्युजलुम्बिनी , भदौ ३०गते /रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरबाट प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–६ नरैनापुरका २३ वर्षीय अमनकुमार धवल र सोही स्थानका २० वर्षीय सुनिल केवट रहेका छन्। प्रहरीका अनुसार धवलको घरमा कटुवा पेस्तोल लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र…

Read More

प्याब्सन मायादेवीद्वारा बाढीपीडितका लागि २ लाख ७५ हजार सहयोग

गैंडहवा न्युजलुम्बिनी , भदौ २३ गते /भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवीले २ लाख ७५ हजार ५८ रुपैयाँ सहयोग गरेको छ । प्याब्सन मायादेवीअन्तर्गतका विद्यालय, शिक्षक–कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको रकम जिल्ला प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले…

Read More

रसुवा बाढी पीडितलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउनेबाढीपीडितका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट राहत रकम जम्मा गैंडहवा न्युजलुम्बिनी, भदौ २२गते /रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा…

Read More

भोटेकोशी पीडितका लागि कपिलवस्तु कारागारबाट सहयोग

गैंडहवा न्युजलुम्बिनी १८ गते /कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि एक लाख एक हजार एक सय ऎघार रुपैयाँ सहयोग गरेका छन् । कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट ६६ हजार रुपैयाँ संकलन भएको थियो। ब्लक नं. १ का चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा ३५ हजार १ सय ११ रुपैयाँ थप सहयोग गरेका हुन्…

Read More

जलविद्युतको सुरुङमा फसेकाहरुको उद्धारको प्रयास चल्दै

गैंडहवा न्युजरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको उद्धारको प्रयास भैरहेको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरुको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिस भैरहेको छ । अविरल बाढी र पहिरोले आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्कविच्छेद भएपछि सेनाको हेलिकप्टरमार्फत स्काभेटर र प्राविधिक टोली…

Read More

नवलपरासीमा पहिचानविहीन शवको डीएनए परीक्षण

गैंडहवा न्युजलुम्बिनी , भदौ १५ गते /पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा रहेका शवको तीन जना चिकित्सकहरुले शवको डिएनए परीक्षण गरिरहेका छन् । दुई जना जिल्ला अस्पताल र एक जना बुटवलका फरेन्सी चिकित्सकबाट डिएनए परीक्षण भइरहेको छ । परिचय खुल्न नसेका शवहरुको डिएनए परीक्षण गरेर व्यवस्थापनका लागि पठाइँदै गरिएको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डाक्टर बृज यादवले…

Read More

रक्षा बन्धनमा भैरहवामा महिलाका लागि निःशुल्क ई–रिक्सा सेवा

गैंडहवा न्युजलुम्बिनी , भदौ १२गते /रक्षा बन्धन अर्थात् जनैपूर्णिमाको अवसरमा रुपन्देहीको भैरहवामा महिलाका लागि निःशुल्क ई–रिक्सा सेवा सञ्चालन गरिएको छ। दिदीबहिनी तथा आमाहरूलाई पर्वका दिन दाजुभाइ तथा आफन्तकहाँ पुग्न सहज होस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र पाँचवटा ई–रिक्सा निःशुल्क सञ्चालन गरिएको हो । युवा समाजसेवी सिद्धार्थनगर–४ का संरक्षक गोविन्द यादव र अध्यक्ष रोशन थापाको पहलमा…

Read More

सिद्धार्थनगरको न्यायिक समिति प्रभावकारी बनाउन वडा तहसम्म पुग्न सुझाव सकल गर्दै

गैंडहवा न्युजलुम्बिनी , भदौ ६ गते/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताबीच नियमित बैठक सम्पन्न भएको छ। न्यायिक समितिको कामकारबाही, स्थानीय विवाद समाधानमा मेलमिलापको भूमिका, वडा तहमा न्यायिक सेवाको पहुँच तथा समितिलाई थप प्रभावकारी बनाउने उपायबारे बैठकमा छलफल गरिएको हो । न्यायिक समितिकी संयोजक तथा नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा भएको बैठकमा नगरका विभिन्न…

Read More

बुटवलमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

उपमहानगरपालिका–३ गोलपार्कबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले भदौ ४ गते अपराह्न करिब ४ः२५ बजे गोलपार्क क्षेत्रमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको थियो । सो क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नगद तथा ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा…

Read More